२०८२ मंसिर ५, बिहिवार , ०१:५०:०० बजे

Sajhamanch
'

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, विरोधमा अरनिको राजमार्ग अवरुद्ध

बिहिवार, मंसिर ५, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बसको ठक्करबाट घाइते सोही ठाउँका ६५ वर्षीय तीनधारे माइला भनिने दिलबहादुर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो ।

ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुई वटा बस यात्रु चढाउनका तँछाडमछाड गर्दै आईरहेको समयमा बा. २ ख. ६५७९ नम्बरको बस अन्यन्त्रित भई श्रेष्ठलाई ठकर दिएको थियो ।

उपचारको क्रममा श्रेष्ठको मृत्यु भएपछि स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन ।

प्रहरी चौकी पाँचखालका प्रमुख प्रशान्त तामाङले अरनिको राजमार्ग अवरुद्ध भएको जानकारी दिनुभयो ।

पाँचखाल नगरप्रमुख खरेलले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने र राजमार्ग खुलाउने विषयमा प्रयास भइरहेको जानकारी दिनुभयो ।

सम्बन्धित खबर