२०८२ मंसिर ४, बुधवार , ०६:०४:१४ बजे

Sajhamanch
'

एनपीएल : सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

बुधवार, मंसिर ४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १४८ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो ।

सुदूरपश्चिमका लागि हर्मित सिंहले आक्रामक अर्धशतक प्रहार गरे। उनले २० बलमा ५३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी ३५, आरिफ शेख २५, इसान पाण्डेले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा काठमाण्डुका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका करणले ३० रन खर्चेर ४ विकेट लिए । पहिलो ओभरमा २ विकेट लिँदै करणले सुदूरपश्चिमलाई दबाबमा राखेका थिए । मिनिन्द कुमार, सन्नी पटेल र रसिद खानले दुई–दुई विकेट लिए ।

सम्बन्धित खबर