२०८२ मंसिर ४, बुधवार , ०४:३९:३८ बजे

Sajhamanch
'

यौन अपराधमा जोडिएको एपस्टिन फाइल सार्वजनिक गर्ने प्रस्ताव अमेरिकाका दुवै सदनबाट पारित

बुधवार, मंसिर ४, २०८२

झापा । अमेरिकी संसद्का दुवै सदनले यौनअपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिने प्रस्ताव पारित गरेका छन् ।

तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्समा’ मा एपस्टिन फाइल सार्वजनिक पक्षमा ४२७ र विपक्षमा केवल १ मत खसेको थियो । यस्तै माथिल्लो सदन सिनेटमा कुनै औपचारिक मतदानविना नै सर्वसम्मतिले ती फाइल सार्वजनिक गर्ने आदेश भएको बीबीसीले जनाएको छ । अब यो प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि ह्वाइट हाउसमा पठाइनेछ ।

यौन दुर्व्यवहारको अभियोगमा जेलमा रहेका एपस्टिनको सन् २०१९ मा मृत्यु भएको थियो । यसअघि अमेरिकी हाउस ओभरसाइट कमिटीले एपस्टिनसँग जोडिएको २० हजार पृष्ठका विभिन्न दस्तावेज सार्वजनिक गरेको थियो जसमा केहीमा राष्ट्रपति ट्रम्पको नाम पनि समावेश छ ।

ट्रम्प र एपस्टिनबीच धेरै वर्षदेखि मैत्रीपूर्ण सम्बन्ध थियो तर ट्रम्पले सन् २००० को दशकको शुरूतिर सम्बन्ध तोडेको बताउनुभएको छ । उहाँले एपस्टिनको यौन दुव्र्यवहार र बेचबिखनमा आफ्नो सम्बन्ध रहेको कुरालाई सधैँ अस्वीकार गर्दै आउनुभएको छ ।

ट्रम्पले यसअघि एपस्टिनसँग जोडिएका फाइल सार्वजनिक गर्ने पक्षमा मतदान गर्न रिपब्लिकन पार्टीका सांसद्हरूलाई आह्वान गर्नुभएको थियो ।

सम्बन्धित खबर