२०८२ मंसिर ४, बुधवार , ०२:१६:११ बजे

Sajhamanch
'

भारतको बिहारमा नयाँ सरकार गठनका लागि आज दाबी पेश हुँदैै

बुधवार, मंसिर ४, २०८२

झापा । भारतको बिहारमा नयाँ सरकार गठनको प्रक्रिया आजदेखि शुरू हुँदैछ । आज दिउँसो बस्ने जेडीयू विधायक दलको बैठकमा नीतीश कुमारलाई दलको नेता चयन गरिने बीबीसीको खबरमा उल्लेख छ ।

बेलुकी राज्यपालसमक्ष सरकार गठनको दाबी प्रस्तुत गर्ने तयारी छ । नयाँ सरकारको शपथ ग्रहण समारोह भोलि बिहान स्थानीय समयानुसार साढे ११ बजे पटनाको गान्धी मैदानमा हुनेछ । शपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राज्यका एनडीए मुख्यमन्त्रीहरूको उपस्थिति रहनेछ ।

भोलि नीतीश कुमारसँगै अरू मन्त्रीहरूले पनि शपथ लिनेछन् । बिहार विधानसभा चुनावका लागि गएको नोभेम्बर ६ र ११ तारिखमा गरी दुई चरणमा मतदान भएको थियो । कुल २४३ सिटका लागि भएको मतदानमा सत्तारूढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले दुई तिहाइ मत प्राप्त गरेको छ ।

एनडीए गठबन्धनले २०२ सिट जितेको छ । त्यस्तै भारतीय जनता पार्टी (भाजपा) पहिलो दल बनेको छ । भाजपाले सबैभन्दा धेरै ८९ ठाउँमा जीतेको छ । दोस्रो स्थानमा रहेको जनता दल युनाइटेडले ८५ सिट जित्यो ।

कांग्रेस नेतृत्वको महागठबन्धन र राष्ट्रिय जनता दल (आरजेडी) ३५ सिटमा सीमित भएको छ । अन्यले ६ सिट जितेका छन् । बिहारमा यस पटक कीर्तिमानी ६७.३ प्रतिशत मत खसेको थियो । यो मत सन् १९५१ पछिकै सबैभन्दा धेरै हो ।

सम्बन्धित खबर