
झापा । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसला आउँनु भन्दा पहिले आज देशभर हिंसा भड्किएको छ । विभिन्न ठाउँमा गाडीमा आगजनी, तोडफोड र रुख ढालेर सडक अवरुद्ध गरिएका टाइम्स अफ इन्डियाले जनाएको छ ।
बढ्दो तनाव रोक्न अन्तरिम सरकारले सेना, प्रहरी र सीमा सुरक्षा बल परिचालन गरेको छ भने ढाका प्रहरीलाई आवश्यकता परे गोली चलाउन आदेश दिइएको खबरमा उल्लेख छ । अस्ति शनिवार रातिदेखि शुरू भएको हिंसा फैसला पछि अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
सरकारी वकिलले हसिनाविरुद्ध हत्या, अपराध रोक्न असफलता र मानवताविरुद्ध अपराधसहित पाँच गम्भीर आरोपमा मुद्दा दायर गर्दै मृत्युदण्ड माग गरेका छन् । अदालतले हसिनासहित पूर्वगृहमन्त्री असदुज्जमान खान कमाल र तत्कालीन आईजीपी चौधरी अब्दुल्लाह अल मामूनको मुद्दामा फैसला सुनाउँदैछ ।


