२०८२ मंसिर १, आइतवार , ०४:२६:३९ बजे

Sajhamanch
'

कार्बन उत्सर्जन घटाएबापत विश्व बैंकबाट नेपाललाई १ अर्ब ३२ करोड रुपैयाँ प्राप्त

आइतवार, मंसिर १, २०८२

काठमाडौं । नेपालले वन संरक्षणमार्फत कार्बन उत्सर्जन घटाएबापत विश्व बैंकबाट ९४ लाख अमेरिकी डलर अर्थात् झन्डै १ अर्ब ३२ करोड रुपैयाँ प्राप्त गरेको छ ।

४ करोड ५० लाख डलरको यो आयोजनामध्ये नेपालले पहिलो पटक ९४ लाख अमेरिकी डलर भुक्तानी पाएको विश्व बैंकले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

यो भुक्तानी सन् २०२१ देखि तराई क्षेत्रमा कार्यान्वयन गरिएको नेपाल उत्सर्जन नियन्त्रण कार्यक्रम अन्तर्गत प्राप्त भएको हो । उत्सर्जन कटौती कार्यक्रममार्फत नेपालले झन्डै १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएको छ ।

यो भुक्तानीले नेपालले वन विनाश नियन्त्रण, वन शासन सुदृढीकरण, जैविक विविधता संरक्षण र वनमा निर्भर समुदायको जीवनस्तर सुधार गर्ने प्रयास प्रभावकारी भएको देखाएको विश्व बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

तराई क्षेत्र जैविक विविधता र घनत्वपूर्ण बस्ती दुवैका कारण संवेदनशील मानिन्छ । स्थानीय समुदाय, आदिवासी जनजाति र विभिन्न नागरिक समाजसँग सहकार्य गर्दै कार्यक्रमले सामुदायिक–आधारित दिगो वन व्यवस्थापनलाई अगाडि बढाउँदै आएको वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो । प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको उहाँको भनाइ छ ।

सम्बन्धित खबर