२०८२ मंसिर १, आइतवार , ११:३४:१९ बजे

Sajhamanch
'

रुसको मस्को शहर नजिकै तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण

आइतवार, मंसिर १, २०८२

झापा । युक्रेनले राजधानी किएभमा भएको घातक रुसी आक्रमणको एक दिनपछि रुसको मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जनाएको छ । युक्रेनी सेनाले विज्ञप्तिमार्फत् मस्को नजिकैको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको उल्लेख गरेको छ ।

दुई देशबीच लामो समयदेखि निरन्तर आक्रमणका घटना हुँदै आएका छन् । युक्रेनबाट पनि नियमित रूपमा मिसाइल र ड्रोन आक्रमण हुँदै आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रियाजानका गभर्नर पावेल माल्कोभले रुसी हवाई प्रतिरक्षाले रातको समयमा २५ वटा युक्रेनी ड्रोन खसालेको बताउनुभएको खबरमा उल्लेख छ । युक्रेनको राजधानी किएभमा रुसले गरेको आक्रमणमा सात जनाले ज्यान गुमाएको भोलिपल्ट हिजो आक्रमण भएको हो ।

सम्बन्धित खबर