२०८२ कार्तिक २९, शुक्रवार , ०४:४६:०० बजे

Sajhamanch
'

बिहार चुनाव : एनडीए गठबन्धनलाई २ सयभन्दा धेरै सिटमा अग्रता

शुक्रवार, कार्तिक २९, २०८२

काठमाडौं । भारतको बिहार विधानसभा चुनावको प्रारम्भिक मतगणना चलिरहँदा एनडीए गठबन्धन दुईतिहाइ बहुमततर्फ अग्रसर देखिएको छ ।

दिउँसो २ बजेर ५४ मिनेटसम्मको नतिजा अनुसार सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडीए गठबन्धनले २०४ सिटमा अग्रता लिइरहेको छ ।

यस्तै राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेस नेतृत्वको महागठबन्धनले ३३ सिटमा अग्रता लिएको छ । यसैगरी ६ सिटमा अन्य दलले अग्रता लिइरहेका छन् ।

२४३ सदस्यीय बिहार विधानसभामा बहुमतका लागि १२२ सिट आवश्यक पर्छ । बिहार विधानसभा चुनावका लागि गएको नोभेम्बर ६ र ११ तारिखमा गरी दुई चरणमा मतदान भएको थियो ।

बिहारमा यस पटक कीर्तिमानी ६७ दशमलव १३ प्रतिशत मत खसेको थियो । यो मत सन् १९५१ पछिकै सबैभन्दा धेरै हो ।

सम्बन्धित खबर