२०८२ कार्तिक २९, शुक्रवार , ०२:४५:११ बजे

Sajhamanch
'

पदमुक्त भएका मधेशका ५ सांसदले मागे हाजिरी रेकर्ड

शुक्रवार, कार्तिक २९, २०८२

जनकपुरधाम । सभामुखबाट पदमुक्त भएका मधेशका सांसदहरूले प्रदेश सभा बैठकमा उपस्थित भएको हाजिरीको प्रमाणित नक्कल उपलब्ध गराइदिन भन्दै प्रदेश सचिवालयमा निवेदन दिएका छन् ।

प्रदेश सभाको बैठकमा विगत एक वर्षदेखिको उपस्थितिको सम्पूर्ण हाजिरी लगायतका कागजपत्रहरू उपलब्ध गराइदिन भन्दै कारबाहीमा परेका सांसदहरू सञ्जयकुमार यादव (सर्लाही) र उर्मिलादेवी सिंह (सर्लाही) ले शुक्रबार निवेदन दिनु भएको हो ।

सभामुख रामचन्द्र मण्डलले आफूमाथि प्रस्ताव दर्ता भएपछि पाँच जना सांसदलाई बिहीबार कारबाही गर्नु भएको थियो।

लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले उहाँहरूलाई पदमुक्त गरेको जनाउनु भएको थियो।

यसरी पदमुक्त गरिनेमा नागरिक उनमुक्ति पार्टीकी सांसद सिंह, यादव, जसपाका सांसद मनिषकुमार सुमन, सप्तरी, सिंहासन सा कलवार र सारदा शंकरप्रसाद कलवार थिए ।

सभामुख मण्डलले कारबाही गरेको सूचना बाहिरिएसँगै उपसभामुख बबिताकुमारी राउत ईशरले त्यसको प्रतिवाद गर्दै कारबाही बदर भएको सूचना निकालेकी थिइन् ।

सम्बन्धित खबर