
झापा । जर्जियामा भएको कार्गो विमान दुर्घटनामा आफ्ना २० जना सैनिकको ज्यान गएको टर्किएले बताएको छ ।
जर्जियामा भएको आफ्नो सैन्य विमान दुर्घटनामा सबै सैनिकको ज्यान गएको टर्किएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
अजरबैजानबाट टर्किएका लागि उडेको सी–१३० कलसाइन भएको हर्कुलस सैन्य कार्गो विमान हिजो जर्जियामा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनाको कारण पत्ता लागिसकेको छैन ।
टर्किए र जर्जियाली अधिकारीहरूले जर्जियाको काखेती जिल्लाको सिघनाघु नगरपालिकामा रहेको घटनास्थलमा निरीक्षण शुरू गरेका खबरमा उल्लेख छ ।
अमेरिकामा निर्मित यो विमान विश्वभरका वायुसेनाले प्रयोग गर्दै आएका छन् । सी–१३० हर्कुलस एक कार्गो, सेना र उपकरण वाहक विमान हो । यो विमानले उडान र अवतरणका लागि तयार नभएको धावनमार्ग समेत प्रयोग गर्न सक्छ ।


