२०८२ कार्तिक २७, बुधवार , ०४:०९:०४ बजे

Sajhamanch
'

कोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्काको नाम सिफारिस

बुधवार, कार्तिक २७, २०८२

विराटनगर । कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्काको नाम सिफारिस भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहमतिमा सभामुख अम्बरबहादुर विष्टले खड्काको नाम प्रदेशसभा सचिवमा सिफारिस गर्नु भएको हो । प्रदेश प्रमुखले नियुक्त गर्नेछन् ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि तत्कालीन सचिव गोपालप्रसाद पराजुलीले राजीनामा दिनु भएको थियो। उहाँको राजीनामापछि रिक्त रहेको स्थानमा खड्काको नाम सिफारिस भएको हो । खड्का संघीय संसदबाट अवकास पाएका सचिव हुन् ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार प्रदेश सभा सचिवको शपथग्रहण आज दिउँसो ३ बजे गर्ने तयारी छ । उहाँका अनुसार सचिवालयको नयाँ भवन कृषि बजारमा शपथग्रहण हुनेछ ।

सम्बन्धित खबर