२०८२ कार्तिक २६, मङ्गलवार , ०५:१०:२२ बजे

Sajhamanch
'

अस्ट्रेलियामा दैत्यको जस्तो सिङ भएको मौरी भेटियो, नाम ‘लुसिफर’ राखियो

मङ्गलवार, कार्तिक २६, २०८२

झापा । अस्ट्रेलियाली वैज्ञानिकहरूले साना सिङ भएको रैथानी मौरीको एउटा नयाँ प्रजाति पत्ता लगाएका छन् । टाउकोमा दैत्यका जस्ता दुइटा साना सिङ भएकाले वैज्ञानिकहरूले मौरीको नाम ‘लुसिफर’ राखेका बीबीसीले जनाएको छ ।

पर्थबाट ४७० किलोमिटर पूर्वमा रहेको पश्चिमी अस्ट्रेलियाको गोल्डफिल्ड क्षेत्रको ब्रमर रेन्जमा एउटा दुर्लभ जङ्गली फूलबारे अध्ययन गरिरहँदा खोजकर्ताहरूले ‘मेगाकाइल लुसिफर’ नामक मौरी फेला पारेका हुन् ।

‘मेगाकाइल लुसिफर’ मा भेटिएको अत्यन्तै विशिष्ट प्रकारको सिङ पोथी मौरीमा मात्रै पाइने खबरमा उल्लेख छ । पोथी मौरीले ती सिङ सम्भवतः परागकरण र रस सङ्कलन गर्न अथवा गुँड बनाउनका लागि चाहिने चिपचिपे पदार्थ जम्मा गर्न प्रयोग गर्ने वैज्ञानिकहरूले बताएका छन् ।

अध्ययनको नेतृत्व गरिरहनुभएकी कर्टिन विश्वविद्यालयकी वैज्ञानिक डाक्टर किट प्रेन्डरगास्टले आफूले नेटफ्लिक्समा ‘लुसिफर’ नामको सिरिज हेरिरहँदा नयाँ प्रजातिको मौरीको नाम ‘लुसिफर’ राख्न प्रेरित भएको बताउनुभयो । उहाँका अनुसार यो मौरी यस परिवारमा २० वर्षयता फेला परेको नयाँ प्रजाति हो ।

सम्बन्धित खबर