२०८२ कार्तिक २६, मङ्गलवार , १२:४७:४४ बजे

Sajhamanch
'

धर्मेन्द्रको निधनबारेको खबर अफवाह रहेको परिवारको भनाइ, रक्षामन्त्रीले समवेदनासहित ‘ट्वीट’ हटाए

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्र देओलको मुम्बईमा रहेको ब्रीच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ ।

८९ वर्षीय धर्मेन्द्रको आज बिहान निधन भएको दाबीसहित बिहान भारतीय सञ्चारमाध्यममा खबर सार्वजनिक भएको थियो । तर छोरी ईशा देओलले आफ्नो बुबाको स्वास्थ्यबारे बोल्दै अफवाह फैलिएको उल्लेख गर्नुभएको छ । उहाँले स्वास्थ्य स्थिर रहेको जानकारी दिनुभएको छ ।

त्यस्तै धर्मेन्द्र पत्नी हेमा मालिनीले पनि डाक्टरको निगरानीमा उपचार भइरहेको बताउनुभएको छ । त्यसअघि बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहले समेत धर्मेन्द्रको निधन भएको र परिवारमा समवेदना व्यक्त गर्नुभएको थियो । तर उहाँले पनि आफ्नो ट्वीट हटाउनुभएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि धमेन्द्रलाई हिजो अस्पतालमा भर्ना गरिएको हो ।

सम्बन्धित खबर