
झापा । भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज भइरहेको छ ।
यो चुनावमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । १२२ क्षेत्रमा तीन करोड ७० लाखभन्दा धेरै मतदाता छन् । त्यसमा एक करोड ७४ लाख महिला रहेका छन् ।
मतदानका लागि ४५ हजार ३९९ मतदान केन्द्र निर्धारण गरिएको छ । चार लाख भन्दा धेरै सुरक्षाकर्मी खटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको नोभेम्बर ६ तारिख अर्थात् बिहिवार बिहारका १८ जिल्लाको १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो ।
मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए । बिहारको विधानसभा चुनावका लागि नेपालसँग जोडिएका पूर्वी जिल्लाका सिमानाकाहरु बन्द गरिएका छन् । आजको मतदानपछि बन्द रहेका सीमा नाका खुला हुनेछन् ।


