२०८२ कार्तिक २६, मङ्गलवार , १०:११:५५ बजे

Sajhamanch
'

आज फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मनाईंदै कोशीमा सार्वजनिक बिदा

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मनाईंदैछ । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एव्म समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ ।

किराँत समाज सुधारमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै सरकारले २०६६ साल मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । काठमाण्डौमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घले जनाएको छ ।

१९४२ साल कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो । फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा आज कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित खबर