२०८२ कार्तिक २५, सोमवार , ०६:२७:५९ बजे

Sajhamanch
'

महाकाली करिडोर योजना अधुरो र अलपत्र अवस्थामा

सोमवार, कार्तिक २५, २०८२

कञ्चनपुर । सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर आयोजना अधुरो र अलपत्र अवस्थामा पुगेको छ ।

डेढ दशकअघि उत्साहका साथ शुरु गरेको योजना सम्पन्न गरिसक्ने समय नाघिसक्दा पनि बजेट अभाव, पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र अवस्थामा पुगेको हो ।

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिल्लर नम्बर १ सम्म ४१३ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । सडक निमार्णपछि सुदूरपश्चिमका झन्डै आठ लाख मानिस प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्त्व पनि धेरै नै रहेको छ ।

धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलव्ध हुनेछ । सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको महाकाली करिडोर निर्माणका लागि न्यून बजेट विनियोजन हुँदा निर्माणको काम ठप्प जस्तै भएको छ ।

महाकाली करीडोर सडक योजना कार्यालयका सूचना अधिकारी रामचन्द्र जैशीका अनुसार कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ । जसमध्ये झन्डै पाँच किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ ।

आर्थक वर्ष २०६५/६६ मा १८ अर्ब १६ करोड रुपैयाँमा आर्थिक वर्ष २०८०/८१ सम्म पूरा गर्ने लक्ष्यसहित काम शुरु भएको थियो । तर बजेट अभाव, रुख कटानलगायतका प्रक्रियागत अल्झनले योजनाको लागत र समय लम्बिदै गएको छ । योजना शुरु हुँदा उत्साहित बनेका सुदूरपश्चिमेलीहरु अहिले निराश बन्न थालेका छन् ।

सम्बन्धित खबर