
झापा । अमेरिकामा सरकारी कामकाज ठप्प भएको ४० दिन बितिसकेको छ । यसैबीच अमेरिकी संसद शटडाउन अन्त्य गर्नेतर्फ नजिक पुगेको राष्ट्रपति डोनाल्ड ट्रम्पले संकेत गर्नुभएको छ । ह्वाइट हाउस र सिनेटका नेताहरूबीच भएको सम्झौतामा अमेरिकी सरकारलाई पुनः सञ्चालन गर्न अनुमति दिने ट्रम्पको दाबी छ ।
आठ डेमोक्र्याटिक सिनेटरहरूले रिपब्लिकन नेता र ह्वाइट हाउससँग सरकार फेरी खोल्न र केही प्रमुख एजेन्सीहरूलाई बजेट उपलब्ध गराउन सहमत भएको सीएनएनले जनाएको छ । यो सम्झौताले अमेरिकी इतिहासको सबैभन्दा लामो बन्द अन्त्य गर्नेछ र जनवरीसम्म सरकारी कामकाज चलाइराख्न चाहिने बजेट दिनेछ ।


