२०८२ कार्तिक २४, आइतवार , ०१:५२:०१ बजे

Sajhamanch
'

दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब : बिहानको एक्यूआई ६०० भन्दा माथि

आइतवार, कार्तिक २४, २०८२

झापा । भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । बिहान ७ बजे औषत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३९१ रहेको थियो ।

त्यसपछि बढेर दिल्लीको औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ६२१ सम्म पुगेको थियो । अहिले केही घटे पनि ४५० भन्दा माथि नै छ । दिल्ली विश्वकै प्रदूषित शहर बनेको छ ।

सरकारलाई प्रदूषण रोक्न आवश्यक पहल गर्न नागरिकले दबाब स्वरुप शान्तिपूर्ण प्रदर्शन समेत गर्दै आएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीपछि पाकिस्तानको लाहोर वायुको गुणस्तर सूचीको दोस्रो स्थानमा छ ।

लाहोरमा पनि बिहान एक्यूआई तीन सयभन्दा माथि रह्यो । अहिले केही घटेको छ । बढ्दो वायु प्रदूषणले स्वास्थ्यसम्बन्धी जोखिम बढाएको भन्दै विज्ञले मानिसलाई सकेसम्म घरभित्रै बस्न र बाहिर निस्कदा मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन् ।

वर्षेनी अक्टोबरदेखि जनवरीसम्म भारतमा न्यून तापक्रम, धुवाँ, धुलो, कृषिका अवशेष जलाउनेलगायतका कारण प्रदूषण ह्वात्तै बढ्छ ।

डब्ल्यूएचओको मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ । तर ५०० वा त्यो भन्दा माथि हुँदा त्यसले जनस्वास्थ्यमा तत्काल खतरा पुग्ने सङ्केत गर्छ ।

सम्बन्धित खबर