२०८२ कार्तिक २४, आइतवार , ०१:०४:४४ बजे

Sajhamanch
'

मेची पुलबाट ‘टुर दि मेची–महाकाली’ साइकल यात्रा सुरु

आइतवार, कार्तिक २४, २०८२

झापा । भद्रपुरस्थित मेची पुलबाट “टुर दि मेची–महाकाली २०८२” साइकल यात्रा सुरु भएको छ ।

विश्व स्वतन्त्रता दिवसको अवसरमा भद्रपुर साइकल समाजले आज बिहान एक संक्षिप्त कार्यक्रमको आयोजना गरी भद्रपुर–५ मेची पुलबाट साइकल यात्राको शुभारम्भ गरेको हो ।

यात्रामा पाँच जना साहसी साइकल यात्रीहरू जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवीबहादुर श्रेष्ठ, समीर पोखरेल र विश्वचन्द्र महतोले पूर्वी सिमाना मेचीदेखि पश्चिमी सिमाना महाकालीसम्म प्याडलमार्फत यात्रा गर्नेछन्।

कार्यक्रमको उद्देश्य भद्रपुरका पर्यटन स्थलहरूको प्रवर्द्धन, साइकल संस्कृतिको विकास, र स्वस्थ जीवनशैली तथा वातावरण संरक्षणप्रति जनचेतना जगाउने रहेको साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यात्राको मार्ग मुख्य रूपमा पूर्व पश्चिम राजमार्ग हुनेछ ।

दैनिक करिब १५० किलोमिटर दूरी तय गरिनेछ। सबैको साथ र समर्थनबाट यो ऐतिहासिक “टुर दि मेची–महाकाली २०८२” सफल बन्ने विश्वास आफूले लिएको उहाँको भनाई छ ।

साइकल समाजले यात्राको सुरक्षित सञ्चालनका लागि देशभरका सुरक्षा निकाय, प्रशासन, ट्राफिक कार्यालय, नेपाली सेना र सञ्चारकर्मीहरूसँग सहयोग र सद्भावका लागि अनुरोधसमेत गरेको छ।

सम्बन्धित खबर