२०८२ कार्तिक २४, आइतवार , ११:५५:३८ बजे

Sajhamanch
'

पोर्चुगलमा प्रस्तावित श्रम कानूनको विरोधमा आन्दोलन

आइतवार, कार्तिक २४, २०८२

झापा । पोर्चुगलमा प्रस्तावित श्रम कानूनको विरोधमा आन्दोलन शुरु भएको छ । राजधानी शहर लिस्बनमा हजारौंको संख्यामा कामदार सडकमा आएका छन् ।

लिस्बनको मुख्य इलाकामा झन्डै एक लाख मानिस जम्मा भएका पोर्चुगलको सबैभन्दा ठूलो मजदूर संगठन सीजीटीपीले जनाएको छ ।

पोर्चुगल सरकारले कामदारलाई भन्दा काम दिलाउनेलाई सहज हुनेगरी संसदमा विधेयक पेश गरेको भन्दै असन्तुष्टी देखिएको छ । कानूनले कामदारहरूको अधिकारलाई खतरामा पार्ने असन्तुष्ट पक्षको भनाइ छ ।

अति दक्षिणपन्थी पार्टी चेगाको समर्थनमा यो विधेयक संसदबाट पारित हुने सम्भावना रहेको बीबीसीले जनाएको छ । तर सीजीटीपीका महासचिव टियागो ओलिभेराले अर्को महिनाको लागि हडतालको घोषणा गर्नुभएको छ । प्रदर्शनकारीले ज्याला पनि बढाउनपर्ने माग राखेका छन् ।

सम्बन्धित खबर