
झापा । टाइफुन काल्मेगी आँधीले फिलिपिन्सपछि भियतनाममा ठूलो क्षति पुर्याएको छ । हिजो भियतनाममा प्रवेश गरेको आँधीले तीन जनाको ज्यान गएको र सयौँ घर भत्किएका छन् । ठूलो संख्यामा मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ ।
भियतनामले झन्डै दुई लाख ६० हजार सैनिक र उद्धारकर्मी परिचालन गरेको छ । धेरै ठाउँमा बिजुली काटिएको र सडकहरू अवरुद्ध भएका छन् । यसअघि पनि भियतनाममा रेकर्ड वर्षाले ५० जनाको ज्यान लिएको थियो ।
अहिले आँधी कमजोर हुँदै क्याम्बोडिया र लाओसतर्फ गइरहेको खबरमा उल्लेख


