
झापा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले गाजा पट्टीमा युद्धविराम सम्झौता कायम राख्न आवश्यक रहेको बताउनुभएको छ ।
आउँदो हप्ता राष्ट्रसंघीय निकायहरु डब्ल्यूएचओ र युनिसेफ सहित राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सी (यूएनआरडब्ल्यूए) ले गाजाका झन्डै ४४ हजार बालबालिकाका लागि नियमित खोप, पोषण, उपचार र वृद्धि अनुगमन प्रदान गर्न शुरू गर्ने उल्लेख गर्दै उहाँले यसका लागि युद्धविराम अवाश्यक रहेको बताउनुएको हो ।
सामाजिक सञ्जाल एक्समा लेख्दै महानिर्देशक डा। टेड्रोसले गाजा पट्टीका बालबालिकाहरू झन्डै दुई वर्षदेखि जीवन बचाउने आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका बताउनुभएको छ ।
युद्धविराम सफलताका लागि मात्र आवश्यक नभई गाजाको स्वास्थ्य प्रणालीमा सुधार ल्याउनका लागि पनि शान्ति र स्थायित्व सबैभन्दा उत्तम उपाय भएको उहाँले उल्लेख गर्नुभएको छ ।


