२०८२ कार्तिक २१, बिहिवार , १०:२०:२७ बजे

Sajhamanch
'

भारतको बिहारमा पहिलो चरणको विधानसभा चुनाव हुँदै

बिहिवार, कार्तिक २१, २०८२

झापा । भारतको बिहारमा आज पहिलो चरणको विधान सभा चुनावको मतदान भइरहेको छ । केही समय अघिदेखि मतदान प्रक्रिया शुरू भएको बीबीसी हिन्दीले जनाएको छ ।

पहिलो चरणमा १८ जिल्लाका १२१ विधान सभा सीटका लागि मतदान हुँदैछ, यसमा राजधानी पटना पनि समावेश छ । यस चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा, र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादव जस्ता ठूला नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।

शान्तिपूर्ण मतदान सुनिश्चित गर्न भारतको निर्वाचन आयोगले कडा सुरक्षा व्यवस्था गरेको र संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी बढाएको खबरमा उल्लेख छ । दोस्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका एक सय २२ विधान सभा क्षेत्रमा हुनेछ र नोभेम्बर १४ मा मत परिणाम घोषणा गरिनेछ ।

सम्बन्धित खबर