२०८२ कार्तिक २१, बिहिवार , १०:१८:२१ बजे

Sajhamanch
'

असोज महिनामा देशभर १८५ वटा आगलागीका घटना

बिहिवार, कार्तिक २१, २०८२

काठमाडौं । गएको असोज महिनामा देशभर १८५ वटा आगलागीका घटना भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा भएका आगलागीका घटनामा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । यस्तै आगलागीमा परी २० चौपाया मरेका छन् ।

असोज महिनामा प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा धेरै ४२ वटा आगलागीका घटना भएका छन् । यस्तै मधेशमा ४०, बागमतीमा नौ, गण्डकीमा १८, लुम्बिनीमा ३०, कर्णालीमा १२ र सुदूरपश्चिममा १८ वटा आगलागीका घटना भएका प्रहरीको तथ्याङ्क छ । यस्तै काठमाण्डौ उपत्यका आगलागीका १६ वटा घटना भएका छन् ।

असोजमा आगलागीबाट ५३ घर र १९ गोठमा क्षति पुग्दा १० जना विस्थापित भएका प्रहरीले जनाएको छ । आगलागीका घटनाबाट एक महिनामा पाँच करोड १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ ।

यस अवधिमा एक हजार ३३० जना प्रहरी परिचालन भएका छन् ।

सम्बन्धित खबर