
काठमाडौैं । नेपाल-भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकले विद्युत आदानप्रदान र अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी ७ बुँदे सहमति गरेको छ ।
नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर श्री भगवान सहाय बैरवाको सहअध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
ठकमा दुवै देशबीचको विद्युत आदान-प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको थियो ।
यी हुन् सहमति जुटेका ७ बुँदा :
२. नयाँ बुटवल- गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने व्यवस्था मिलाउले। उक्त प्रसारण लाइन मार्फत विद्युत आयात-निर्यात क्षमताको सम्बन्धमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप बैठक १५ दिनभित्र गर्ने सहमति भएको ।
३. ढल्केवर – मुजफ्फरपुर र ढल्केवर – सितामढी लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन भयो। जसअनुसार नेपालले नेपालबाट १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको ।
४. निजगढ – मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको DPR तयारीको लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त DPR तयार गर्ने।
५. लमही – लक्नउ ४०० के.भी. लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लामाही वा कोहलपुर सम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी DPR तयार गर्ने।
६. ढल्केवर – मुजफ्फरपुर ४०० के.भी. लाइनको Reconductoring मा उच्च तापक्रम सहनसक्ने (HTLS) प्रविधि अपनाउने विषयमा DPR तयारी अघि बढाउने ।
७. रक्सौल-परवानीपुर र रामनगर-गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धि गर्न यी लाइनहरूको कन्डक्टर HTLS कन्डक्टरले प्रतिस्थापन गर्न संयुक्त रुपमा अध्ययन गर्ने ।


