
झापा । तान्जानियामा पछिल्लो केही दिनदेखिको अशान्तिका बीच भएको चुनावमा राष्ट्रपतिमा सामिया सुलुहु हसन विजयी हुनुभएको छ । तान्जानियाको निर्वाचन आयोगका अनुसार सामियाले ९७ दशमलव ६६ प्रतिशत मत प्राप्त गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
निर्वाचन आयुक्तका अनुसार गएको बुधवार भएको मतदानमा देशका तीन करोड ७६ लाख पञ्जीकृत मतदातामध्ये ८७ प्रतिशत अर्थात् तीन करोड २० लाख मतदाताले मतदान गरेका थिए । यीमध्ये ९७ दशमलव ६६ प्रतिशत अर्थात् झन्डै तीन करोड १९ लाख मत सामियालाई प्राप्त भएको हो ।
चुनावको परिणाम सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता र देशमा फैलिएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् ।


