२०८२ कार्तिक १५, शुक्रवार , ०१:३१:३१ बजे

Sajhamanch
'

चिनियाँ राष्ट्रपति सी जीन पिङले आज क्यानडा, जापान र थाइल्याण्डका नेताहरू भेट्दै

शुक्रवार, कार्तिक १५, २०८२

झापा । चिनियाँ राष्ट्रपति सी जीन पिङले आज क्यानडा, जापान र थाइल्यान्डका समकक्षीहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आज सीसँग भेटवार्ता गर्ने उहाँको कार्यालयले जनाएको छ ।

यो भेटवार्ता क्यानडाको वर्षौंको खराब सम्बन्धपछि चीनसँग फेरी सम्बन्ध सुधारको सङ्केतको रूपमा रहेको खबरमा उल्लेख । क्यानडाले चिनियाँ विद्युतीय गाडीहरूको आयातमा एक सय प्रतिशत शुल्क लगाउने बताएको एक वर्षपछि चीनले अगस्टमा क्यानडेली क्यानोला आयातमा प्रारम्भिक एन्टी–डम्पिङ शुल्कहरू घोषणा गरेको थियो ।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चर्नभिराकुलले पनि दिउँसो सीसँग भेट्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर