
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत् निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरेको हो ।
यस अघि विभिन्न मितिका अनुमती म्याद सकिएको थियो । सबै आयोजनाको निर्यात गएको मङ्गलवारदेखि लागू हुने गरी एक वर्षका लागि नविकरण स्वीकृति भएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।


