२०८२ कार्तिक १३, बुधवार , ०३:५३:१० बजे

Sajhamanch
'

गाजामा युद्धविरामपछि बालबालिकालाई पढाउने कार्यक्रम शुरु

बुधवार, कार्तिक १३, २०८२

झापा । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्धविराम भएपछि गाजाका बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । युद्धका बेला भागेर शिविरमा बसेकाहरुको आक्रमण र भोकबाट ज्यान जोगाउनै समस्या भएका कारण बालबालिकाको पढाइ रोकिएको थियो ।

युद्धविरामपछि प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा अस्थायी सिकाइ केन्द्र सञ्चालन गरेको हो । केन्द्रमा अहिले २५ हजार भन्दा बढी बालबालिकाहरू सहभागी भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

यूएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले सामाजिक सञ्जाल एक्समा लेख्दै युद्धविरामसँगै भौतिक तथा अनलाइन दुवै माध्यामबाट गाजामा ब्याक टू लर्निङ कार्यक्रमलाई अगाडि बढाइरहेको बताउनुभएको छ । उहाँका अनुसार गाजा पट्टीका झन्डै तीन लाख बालबालिकासम्म पुग्ने उद्देश्यले कक्षा सञ्चालन भइरहेको छ ।

सम्बन्धित खबर