२०८२ कार्तिक १२, मङ्गलवार , १०:२०:३७ बजे

Sajhamanch
'

जमैकामा यसवर्षकै शक्तिशाली तुफानको चेतावनी

मङ्गलवार, कार्तिक १२, २०८२

झापा । क्यारिबियन सागरमा रहेको टापु देश जमैकामा यसवर्षको सबैभन्दा शक्तिशाली तुफानको चेतावनी दिईएको छ । झन्डै २८२ किलोमिटर प्रतिघण्टाको हावा सहितको यो पाँचौँ श्रेणीको तुफान आज जमैकामा प्रवेश गर्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

तुफानका कारण छिमेकी देश हैटी र डोमिनिकन गणतन्त्रमा चार जनाको ज्यान गईसकेको खबरमा उल्लेख छ । मौसम विज्ञहरूले मुसलधारे वर्षा, बाढी र पहिरोको गम्भीर जोखिमको चेतावनी दिएका खबरमा उल्लेख छ । जमैका सरकारका अनुसार राजधानी किङ्सटनका केही क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँमा सारिँदै छ ।

प्रधानमन्त्री एन्ड्र्यू होलनेसले सबै नागरिकलाई घरभित्र बस्न र उद्धारकर्मीहरुलाई काममा जुट्न आग्रह गरेका छन् । विशेषज्ञहरूले मेलिसालगायत केही ठाउँमा चार दिनभित्र ठूलो वर्षा हुन सक्ने बताएका छन् ।

सम्बन्धित खबर