
काठमाडौं । तिहार अघिको सेयर बजार आज १६ दशमलव ६७ अंकले बढेको छ ।
सो अंकको वृछिपछि आइतबार नेप्से परिसूचक २५०३ अंकमा कायम भएको छ । नेप्से बढे पनि कारोबार रकम घटेको छ । गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोड मात्र भयो ।
१६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ८ को स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् ।
बैंकिङ ० दशमलव ८७, फाइनान्स ० दशमलव ५१, होटल तथा पर्यटन ० दशमलव ७२, हाइड्रोपावर ० दशमलव ७०, लगानी ० दशमलव ७५, जीवन बीमा ० दशमलव ३३, उत्पादन तथा प्रशोधन ० दशमलव ९०, माइक्रोफाइनान्स ० दशमलव ४७, अन्य १ दशमलव १६ तथा व्यापार ० दशमलव ९० प्रतिशत बढेकाृ छ ।
तर विकास बैंक ० दशमलव २१ र निर्जीवन बीमा समूह ० दशमलव ३४ प्रतिशतले घटेको छ ।
आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ९ दशमलव ८८, एसियन हाइड्रोपावरको ७ दशमलव ८० तथा अभियान लघुवित्तको ६ दशमलव ०१ प्रतिशत मूल्य बढ्यो ।
कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै ३ दशमलव ९४ प्रतिशत घट्यो । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको ३ दशमलव ७० र मुक्तिनाथ विकास बैंकको ३ दशमलव ४२ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, सीईडीबी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्स रहे ।