
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।
७०औं प्रहरी दिवसको अवसरमा यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ता भण्डारी घोषित भएका हुन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आज शुक्रबार भएको एक कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले भण्डारीलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको अवार्ड प्रदान गरे । भण्डारी कोभर्ट अपरेशन तथा अनुसन्धानमा अब्बल मानिन्छन् ।
यस्तै, नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । ७०औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समरोहमा उनलाई सम्मानित गरिएको हो ।
दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका राना २०६५ असोज १ गते सेवा निवृत्त भएका थिए ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त उनले गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट तेस्रो लगायतका विभिन्न पदक, पुरस्कार प्राप्त गरेका थिए ।