२०८२ असोज २९, बुधवार , १०:२०:५२ बजे

Sajhamanch
'

विदेश जाने विद्यार्थीले एकै महिनामा ३२ अर्ब ७६ करोड रुपैयाँ लगे

बुधवार, असोज २९, २०८२

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरणअनुसार गएको भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको त्यही अवधिमा २८ अर्ब २० करोड रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च ९.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको त्यही अवधिमा भ्रमण खर्च ४३ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.८ प्रतिशतले वृद्धि भई ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय १० अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

सम्बन्धित खबर