२०८२ असोज २८, मङ्गलवार , ०२:२०:२८ बजे

Sajhamanch
'

अमेरिका चीन व्यापार तनावकाबीच अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठक शुरू

मङ्गलवार, असोज २८, २०८२

झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैङ्कले अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरहरूको अर्धवार्षिक भेला हिजोदेखि अमेरिकाको वासिङ्टनमा शुरू गरेको छ ।

गएको हप्ता चीनले महत्त्वपूर्ण खनिजको निर्यातमा नयाँ प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको जवाफमा बेइजिङमाथि १०० प्रतिशत नयाँ कर लगाउने बताउनुभएको थियो ।

शुक्रवार अमेरिकी शेयर बजार कारोबार समय बन्द भएपछि लगानीकर्ताहरूले पुनर्जीवित व्यापार युद्धको सम्भावनालाई उजागर गरेपछि केही घण्टापछि सेयरमा गिरावट आएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

सम्बन्धित खबर