
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको सम्झौताअनुसार इजरायल र हमासबीच बन्धक तथा कैदी आदानप्रदान भएको छ ।
हिजो हमासले सबै जीवित इजरायली बन्धकहरू फिर्ता गरेपछि इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली संसदलाई सम्वोधन गर्दै ‘मध्यपूर्वमा नयाँ युगको शुरूवात’ भएको बताउनुभयो । हिजै ट्रम्पले इजिप्टको शर्म एल–शेख शहरमा २० भन्दा धेरै देशका नेताहरूसँग युद्ध अन्त्यका आउँदो चरणबारे समेत छलफल गर्नुभएको छ ।
सम्झौता अनुसार इजरायलले एक हजार सात सय अभियोगविहीन बन्दी र २५० जना आजीवन कारावास भोगिरहेका प्यालेस्टिनीलाई मुक्त गरेको छ । यस घटनालाई दुई वर्षदेखि चलिरहेको गाजाको युद्ध अन्त्यतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
तर, विशेषज्ञहरूले स्थायी शान्ति स्थापना गर्न अझ कठिन वार्ता र राजनीतिक सहमति आवश्यक रहेको बताएका खबरमा उल्लेख छ ।