२०८२ असोज २७, सोमवार , ०१:५०:२३ बजे

Sajhamanch
'

बङ्गलादेशमा झन्डै ६ करोड बालबालिका लक्षित टाइफाइड खोप अभियान शुरू

सोमवार, असोज २७, २०८२

झापा । बङ्गलादेश सरकारले नौ महिनादेखि १५ वर्षसम्मका झन्डै ६ करोड बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ राष्ट्रव्यापी टाइफाइड खोप अभियान शुरू गरेको छ ।

बङ्गलादेश सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले हिजो ढाकामा अभियानको औपचारिक शुभारम्भ गर्नुभएको चिनीयाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

एक महिना लामो अभियानले नोभेम्बर १३ सम्म निःशुल्क सूईबाट दिन मिल्ने टाइफाइड खोपहरू प्रदान गर्नेछ । बङ्गलादेशले विश्वव्यापी खोपका लागि सहयोगी सङ्गठन गाभीबाट टाइफाइडको खोपको आपूर्ति प्राप्त गरेको छ । स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार अन्य देशको तुलनामा बङ्गलादेशमा टाइफाइडको सङ्क्रमण दर उल्लेख्य रूपमा उच्च छ ।

‘ग्लोबल बर्डन अफ डिजिज स्टडीज २०२१’ को तथ्याङ्कले बङ्गलादेशमा वार्षिक लगभग पाँच लाख मानिसहरूमा टाइफाइडको सङ्क्रमण हुने र यसमध्ये करिब आठ हजार जनाको ज्यान जाने गर्छ ।

सम्बन्धित खबर