२०८२ असोज २७, सोमवार , १०:१२:०४ बजे

Sajhamanch
'

गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायल प्रस्थान

सोमवार, असोज २७, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गर्नुभएको छ । गाजामा जीवित रहेको अनुमान गरिएका २० जना इजरायली बन्धकहरु पहिलो चरणमा आज मुक्त हुँदैछन । योसँगै इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

ट्रम्पले इजरायलको संसदलाई सम्बोधन गर्ने, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने र बन्धकका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ । यस्तै राष्ट्रपति ट्रम्प इजिप्टमा हुने ‘गाजाको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुहुनेछ । त्यहाँ २० भन्दा धेरै देशका नेता उपस्थित हुनेछन् ।

संयुक्त राष्ट्रसंघको मानवतावादी संयोजन कार्यालयले युद्धविरामपछि गाजामा राहत कार्यमा ‘वास्तविक प्रगति’ भएको जनाएको छ । गएको शुक्रवारदेखि खाना पकाउने ग्यास, खाना, औषधि, फलफूल र टेन्ट जस्ता सामग्री गाजामा पठाउन थालिएको छ ।

इजिप्टको राफाह नाकामा सयौं राहत सामग्रीका ट्रकहरू गाजातर्फ प्रवेशका लागि तयारी अवस्थामा छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल प्रस्थान गर्नुअघि गाजा युद्ध समाप्त भएको समेत बताउनुभएको छ ।

सम्बन्धित खबर