२०८२ असोज २६, आइतवार , ०१:१०:०९ बजे

Sajhamanch
'

आन्तरिक हिंसाको बढ्दो चिन्ताबीच हमासद्वारा गाजामा लडाकु परिचालन

आइतवार, असोज २६, २०८२

झापा । इजरायलको सेनाले खालि गरेको गाजाका क्षेत्रहरूमा हमासले आफ्नो सुरक्षा बलका सदस्यलाई परिचालन गरेको छ । ती क्षेत्रमा आफ्नो पकड जमाउन हमासले सात हजारको सङ्ख्यामा आफ्ना सदस्य तैनाथ गरेको बीबीसीको खबरमा उल्लेख छ ।

प्यालेस्टिनी समूहले पनि पाँच जना नयाँ गभर्नर नियुक्त गरेका छन् । ती सबै सैन्य पृष्ठभूमिका छन् । फोन र म्यासेजमार्फत् परिचालनको आदेश दिइएको खबरमा उल्लेख छ । हमासका सशस्त्र इकाईहरू विभिन्न जिल्लाभर परिचालन गरिएका छन् ।

गाजा शहरको सब्रा क्षेत्रमा शक्तिशाली दुगमुश समूहका बन्दुकधारीले हमासको विशेष फौजका दुई जनालाई गोली हानेर हत्या गरेपछि तनाव उत्पन्न भएको थियो ।

त्यसपछि हमासका सदस्यले इलाकालाई घेराबन्दी गरेका थिए । गाजामा युद्ध अन्त्य भएपछि कसले शासन गर्ने भन्ने बढ्दो अनिश्चितताबीच हमासको सम्भावित परिचालनबारे यसअघि नै अनुमान गरिएको थियो ।