२०८२ असोज २६, आइतवार , १०:२२:४२ बजे

Sajhamanch
'

निशस्त्रीकरण ‘असम्भव’ सर्त हो : हमास लडाकु समूह

आइतवार, असोज २६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाका लागि शान्ति योजनाको एक हिस्साका रूपमा हमासको निशस्त्रीकरणको चर्चा ‘असम्भव’ शर्त भएको हमासका अधिकारीले बताएका छन् ।

प्रस्तावित हतियार हस्तान्तरण प्रश्नभन्दा बाहिरको कुरा भएको र यो सम्झौताको सर्त बन्न नसक्ने ती अधिकारीले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले हमासले शान्ति योजनाको दोस्रो चरणमा हतियार बुझाउने विषयलाई सम्बोधन गरिने सङ्केत गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका २० बुँदे योजनामा हमासका सदस्यहरूलाई माफी दिने वाचा गरिएको छ र प्रस्तावले हमासले आफ्ना हतियारहरू हटाउने र इजरायली सेनालाई गाजा छोड्न अनुमति दिने उल्लेख गरिएको छ ।

हमासका अधिकारीले सन् २०२३ अक्टोबर ७ को हमासको आक्रमणपछि पक्राउ परेका इजरायली बन्धकहरूको रिहाइका लागि सोमवारसम्मको ७२ घण्टाको समयसीमा अघि गाजामा युद्धविराम जारी गर्ने बिषयमा बोल्दै निशस्त्रीकरण असम्भव सर्त भएको बताएका हुन् ।

हमासको निशस्त्रीकरण र इजरायली सेनाको फिर्तीलाई दुई वर्षको विनाशकारी युद्धको अन्त्यको अन्तिम मिलनविन्दुका रूपमा ट्रम्पको योजनामा प्रस्ताव गरिएको छ ।

सम्बन्धित खबर