
काठमाडौं । बीपी राजमार्ग सञ्चालनमा आएको छ । अघिल्लो हप्ता असोज १७, १८ र १९ गतेको ठूलो वर्षासँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको थियो ।
झन्डै ४ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी आजदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको हो । आउँदो आइतवारदेखि सडक दुईतर्फी रूपमा सञ्चालन गर्ने गरी काम भइरहेको सङ्घीय सडक सुपरिपेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले बताउनुभयो ।
अवरुद्ध भएको सडक खुलाउन रोशीखोलामा डाइसर्भन निर्माण, बगरलाई मिलाउनुका साथै खाल्डो पुरिएको छ । बाढी पहिरोले काभ्रेको चौकीडाँडामा सबैभन्दा धेरै क्षति पुर्याएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले हिजो बीपी राजमार्गको अनुगमन गरी तत्काल मर्मत गर्न निर्देशनसमेत दिनुभएको थियो ।
गएको वर्ष असोजमा पनि यो राजमार्गको झन्डै १२ किलोमिटर सडक बाढीले बगाएको थियो । यसपालि असोज १८, १९ र २० गतेसम्म परेको अविरल वर्षाले थप क्षति पुर्याएको थियो ।