२०८२ असोज २४, शुक्रवार , ०३:५२:०५ बजे

Sajhamanch
'

चीनको खतरा सामना गर्न ताइवानले ‘टी–डोम’ नामक वायु रक्षा प्रणाली निर्माण गर्ने

शुक्रवार, असोज २४, २०८२

झापा । ताइवानका राष्ट्रपति लाई चिङ्ग–तेलेले ‘टी–डोम’ नामक नयाँ बहुस्तरीय वायु रक्षा प्रणाली अनावरण गर्नुभएको छ ।

शत्रुको खतराबाट आफूलाई बचाउन र रक्षा खर्च बढाउन ‘टी–डोम’ वायु रक्षा प्रणाली निर्माण गर्ने ताइवानका राष्ट्रपतिले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै उहाँले चीनलाई टापु कब्जा गर्न बल प्रयोग त्याग्न आह्वान गर्नुभएको छ ।

प्रजातान्त्रिक रूपमा शासित ताइवानले चीनबाट बढ्दो सैन्य र राजनीतिक दबावको सामना गरिरहेको छ । चीनले ताइवानलाई आफ्नै क्षेत्रका रूपमा हेर्दै आएको छ ।

ताइवानले रक्षा खर्च बढाइरहेको छ र आफ्नो सशस्त्र बललाई आधुनिकीकरण गरिरहेको छ । सँगै ताइवानले चीनको सामना गरिरहेको छ । चीनको सेना धेरै ठूलो छ र उसले स्टिल्थ लडाकु जेट, विमान वाहक र विशाल क्षेप्यास्त्र जस्ता उन्नत नयाँ हतियारहरू थपिरहेको छ ।

राष्ट्रिय दिवसको सम्बोधनमा राष्ट्रपति लाईले ताइवान रक्षामा बढी खर्च गर्न कटिबद्ध रहेको र वर्षको अन्त्यसम्ममा सैन्य खर्चका लागि विशेष बजेट प्रस्ताव गर्ने बताउनुभएको छ ।

ताइवानका राष्ट्रपतिले ‘टी–डोम’ को बारेमा विवरण दिनुभएन तर यो प्रणाली इजरालयको इजरायलको आइरन डोम जस्तै हुने लक्ष्य राखेको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर