२०८२ असोज २३, बिहिवार , ०१:०५:३३ बजे

Sajhamanch
'

गाजा शान्ति योजना इजरायलका लागि ठूलो दिन हो : प्रधानमन्त्री नेतन्याहू

बिहिवार, असोज २३, २०८२

झापा । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूले गाजाको शान्ति सम्झौताको पहिलो चरणमा इजरायल र हमासबीच भएको सहमतिको स्वागत गर्दै यसलाई इजरायलकै लागि निकै ठूलो दिन रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री नेतन्याहूका अनुसार उहाँले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु लाग्नु भएको बीबीसीले जनाएको छ । बैठकले शान्ति सम्झौता अनुमोदन गर्ने र बन्धकहरूलाई घर फर्काउने विषयमा निर्णय लिने अपेक्षा गरिएको छ ।

शान्ति योजनाको पहिलो चरण स्वीकृत भएपछि सबै बन्धकहरू आफ्नो घर फर्किने र यो इजरायलका लागि एक कूटनीतिक सफलता र राष्ट्रिय तथा नैतिक विजय भएको बताउनुभयो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच युद्ध विराम सम्झौता भएको बताउनुभएको थियो ।

सम्बन्धित खबर