२०८२ असोज २२, बुधवार , ०५:०१:४६ बजे

Sajhamanch
'

म्यानमारमा बौद्ध महोत्सवमा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको ज्यान गयो

बुधवार, असोज २२, २०८२

झापा । म्यानमारमा बौद्ध महोत्सवका क्रममा सेनाको प्याराग्लाइडरबाट बम आक्रमण हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ ।

मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा जम्मा भएको मानिसहरूको भीडमाथि मोटर चालित प्याराग्लाइडरले २ वटा बम खसाल्दा अन्य ४७ जना घाइते भएका बीबीसीले जनाएको छ ।

सोमवार बेलुकी चाउङ–यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा झन्डै १ सय जना सहभागी भएका पिपुल्स डिफेन्स फोर्सका एक स्थानीय अधिकारीले बताएका छन् ।

यो पर्व बौद्ध परम्परासँग जोडिएको छ । यस उत्सवमा जुन्टाको नीतिको विरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको खबरमा उल्लेख छ ।

सन् २०२१ मा भएको सैन्य विद्रोहपछि म्यानमार गृहयुद्धको अवस्थामा छ । संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार अहिलेसम्म द्वन्द्वमा ५ हजार जनाभन्दा धेरै नागरिक मारिएका छन् ।

सम्बन्धित खबर