
झापा । क्वेडरका राष्ट्रपति ड्यानियल नोबोआलाई लक्षित ढुङ्गामुढा भएको छ । राष्ट्रपति नोबोआ सवार गाडीलाई झण्डै पाँच सय जनाको समूहले ढुङ्गामुढा गरेको थियो । तर राष्ट्रपति सुरक्षित हुनुहुन्छ । इक्वेडरमा डिजेल अनुदान हटाएपछि तनाव बढेको छ ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बेला बेला झडपका घटना भैरहेका छन् । राष्ट्रपति नोबोआलाई लक्षित गरी हत्या प्रयास गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
ऊर्जामन्त्री इनेस मान्जानोले राष्ट्रपति सवार कारमा गोली लागेको सङ्केत देखिएको तर राष्ट्रपति भने सुरक्षित रहेको बताएको सीएनएनले जनाएको छ । राष्ट्रपति कार्यालयले प्रदर्शनमा ‘आतङ्कवादी समूह’ घुसेको दाबी गरेको छ ।