२०८२ असोज २१, मङ्गलवार , १०:३५:१८ बजे

Sajhamanch
'

युद्धविरामका लागि इजरायल र हमासका प्रतिनिधिसहितको वार्ता इजिप्टमा शुरू

मङ्गलवार, असोज २१, २०८२

झापा । गाजामा युद्ध अन्त्य गर्ने अमेरिकी शान्ति योजनामा अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले इजिप्टमा वार्ता शुरू भएको छ । अप्रत्यक्ष रुपमा भएको वार्तामा हमास, इजरायल र अमेरिकाका प्रतिनिधिहरू छन् ।

इजरायली जेलमा राखिएका प्यालेस्टिनीहरूको बदलामा गाजामा लडाइँ अन्त्य गर्ने र बन्दीहरूलाई रिहा गर्ने ट्रम्पको प्रस्तावमा हमास र इजरायल दुवैले सकारात्मक प्रतिक्रिया दिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

वार्ताबाट आउँदो छलफलका विषयहरू टुङ्गो लगाउने आशा गरिएको छ । सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासले आक्रमण गरेको थियो भने यसको ठीक दुई वर्षपछि युद्धविराम वार्ताका लागि मिति तय गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा हमासको निशस्त्रीकरणको परिकल्पना गरिएको भए पनि लडाकू समूहले यसलाई स्वीकार गर्ने सम्भावना कम देखिएको छ तर अरु बुँदाहरूमा युद्धरत दुवै पक्ष सकारात्मक देखिएका छन् ।

प्रस्तावमा गाजा पट्टीबाट इजरायली सेनालाई पूर्ण रूपमा फिर्ता गर्ने पनि उल्लेख छ, तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूको रिहाइलाई सुरक्षित गर्दै ‘भित्र’ सेनाहरू पुनः तैनाथ गर्ने बताउनुभएको छ ।

इस्लामिक समूहले रिहाइका लागि प्रस्ताव गरेका प्यालेस्टिनी कैदीहरूको नामलाई लिएर यसअघिका चरणको वार्ता पनि रोकिएको थियो । वार्ताले ‘अस्थायी युद्धविरामको मिति निर्धारण गर्ने’ प्रयास गर्ने हमासका अधिकारीले बताएका छन् ।

सम्बन्धित खबर