२०८२ असोज १०, शुक्रवार , १०:३२:५३ बजे

Sajhamanch
'

रूसी तेल आयात नगर्न टर्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

शुक्रवार, असोज १०, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई रूसबाट तेल आयात नगर्न आग्रह गर्नुभएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको भेटमा ट्रम्पले यस्तो आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहँदासम्म रूसी ऊर्जा आम्दानीलाई नोक्सान पुर्याउने उद्देश्यसहित ट्रम्पले यस्तो अपील गरेको खबरमा भनिएको छ ।

अहिले टर्की पनि भारत र चीनसँगै रूसको सबैभन्दा ठूलो ऊर्जा ग्राहकमध्ये एक हो । यो वर्षको शुरूमा टर्की हुँदै युरोप पुगेको रूसी ग्यासको मात्रा २६ प्रतिशतले बढेको तथ्याङ्क देखिन्छ ।

अमेरिकामा भएको राष्ट्रसङ्घको महासभामा ट्रम्पले नाटो साझेदार राष्ट्रहरूलाई रूसबाट ऊर्जा खरिद गरेर आफ्नै विरुद्धको युद्धलाई पोषण गरिरहेको समेत आरोप लगाउनुभएको थियो । उहाँले रुसमाथि कडा प्रतिबन्ध लगाउने संकेत समेत गर्नुभएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर