२०८२ असोज ९, बिहिवार , ०३:३७:५७ बजे

Sajhamanch
'

भारतको कोलकातामा वर्षाको पानीमा करेन्ट प्रवाह हुँदा १० जनाको ज्यान गयो

बिहिवार, असोज ९, २०८२

झापा । भारतको कोलकातामा पानीमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर कम्तीमा १० जनाको ज्यान गएको छ । १२ घण्टा सम्म परेको पानीले शहरको ठूलो भाग डुबानमा पारेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसले जनजीवन प्रभावित भएको छ । जसले गर्दा गाडीको आवागमन र दैनिक गतिविधिहरू प्रभावित भएका छन् ।

बेनियापुकुर, कालिकापुर, नेताजी नगर, गरियाहाट, एकबलपुर, बेहला र हरिदेवपुर क्षेत्रहरूमा छुट्टाछुट्टै घटनाहरूमा ज्यान गउको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा २५१.४ मिलिमिटर वर्षा भएको छ ।

वर्षाले कोलकाता विमानस्थलमा पनि उडान सञ्चालनमा असर पारेको छ । रिपोर्टहरूले १०० भन्दा बढी उडानहरू प्रभावित भएको, ६२ रद्ध गरिएको र ४२ अन्य ढिलाइ भएको बताएको छ ।

सम्बन्धित खबर