
झापा । गाजा पट्टीमा हिजो भएको इजरायली आक्रमणमा धेरै प्यालेस्टिनी नागरिक मारिएका छन । बीबीसीका अनुसार इजरायली आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् ।
गाजा शहरको दराज इलाकाको फिरास बजार नजिकैको भवन र पारिवारिक टेन्टहरू लक्षित आक्रमणमा कम्तिमा २० जना मारिएका छन् जसमा महिला र बालबालिका पनि परेका छन् । इजरायली सेनाले हमासका दुई लडाकुलाई लक्षित गरेको दाबी गरेको छ ।
यहीबीच, इजरायली ट्याङ्क र सैनिकहरू शहरको भित्री क्षेत्रमा अघि बढिरहेका छन् । इजरायलले यो क्षेत्र हमासको अन्तिम गढ हो भएको दाबी गरेको छ ।