२०८२ असोज ८, बुधवार , ०३:०१:४५ बजे

Sajhamanch
'

कोशीमा आन्दोलन : आगजनी र तोडफोड गर्ने १२५ जनाको पहिचान, प्रमाण सङ्कलन गर्दै प्रहरी

बुधवार, असोज ८, २०८२

विराटनगर । जेनजी आन्दोलनको आडमा मोरङमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको प्रहरीले पहिचान गर्न थालेको छ ।

विराटनगरका सरकारी र निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी गने १२५ जनाको पहिचान भइसकेको प्रहरीले जनाएको छ । पहिचान भएकाहरूकाविरुद्ध प्रमाण सङ्कलन गरेर कारबाही गर्ने तयारीमा प्रहरी पुगेको छ ।

आन्दोलनका क्रममा खिचिएका फोटो सार्वजनिक भएका भिडियोका आधारमा प्रहरीले पहिचान गर्न थालेको हो । यस्तै व्यक्ति र सस्थाहरुले गरेको उजुरीका आधारमा समेत पहिचान गर्न थालेको मोरङ प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा मोरङमा १५५ वटा सरकारी तथा निजी संरचनामा क्षति पुगेको छ । यस्तै १५ वटा निजी घरमा तोडफोड र आगजनी भएको छ ।

मोरङका प्रहरी उपरीक्षक कवित कटवालले आगजनी, तोडफोड र लुटपाटका घटनाहरूलाई गम्भीर रूपमा लिएर दोषीलाई कानुनी दायरामा ल्याउन अनुसन्धानलाई तीव्र भइरहेको बताउनु भयो।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीको कार्यभार सम्हाल्दै उहाँले घटनामा संलग्नहरूको फोटो र भिडियो प्रहरीलाई उपलब्ध भइरहेको बताउनु भयो । उहाँले यस्ता भिडियोहरू उपलब्ध गराउन समेत अनुरोध गर्नुभयो ।

सरकारी तथा निजी सम्पत्तिमाथि विध्वंस मच्चाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने तयारी प्रहरीले जनाएको छ । आगजनी, तोडफोड र लुटपाटमा संलग्नेले उन्मुक्ति नपाउने एसपी कटवालले बताउनु भयो ।

सम्बन्धित खबर