२०८२ असोज ६, सोमवार , ०५:३४:३९ बजे

Sajhamanch
'

फिलिपिन्स र ताइवानमा शक्तिशाली आँधी

सोमवार, असोज ६, २०८२

झापा । फिलिपिन्स र छिमेकी देश ताइवानमा शक्तिशाली सामुद्रिक आँधी रागासाले प्रभाव पारेको छ ।

यस वर्षको सबैभन्दा शक्तिशाली आँधीका कारण जोखिम बढाएपछि दुवै देशमा विद्यालय र कार्यालयहरू बन्द गरिएका छन् । हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको स्थानीय उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सामाचार संस्था एपीले जनाएको छ ।

आँधीबेहरीले दक्षिणपूर्वी चीनमा समेत बाढी र पहिरोको उच्च सम्भावना बढाएको भन्दै चेतावनी जारी भएको छ । हङकङ र मकाउतर्फ आँधीको असर पर्ने भएकाले हङकङमा बाढी जोखिम भएका क्षेत्रमा सामान्यभन्दा दोब्बर बालुवाका बोरा उपलब्ध गराइएको छ ।

सामुद्रिक आँधीले २१५ किलोमिटर प्रतिघण्टाको गतिमा बहने हावासहित २६५ किलोमिटर प्रतिघण्टाको झड्का ल्याएको छ ।

फिलिपिन्स मौसम एजेन्सीले तटीय क्षेत्रमा आउँदो २४ घण्टाभित्र ३ मिटरभन्दा अग्लो जीवनघातक समुद्री छाल आउन सक्ने चेतावनी दिएको छ । धेरै ठाउँमा विद्युत् सेवा पनि बन्द गरिएको छ । माछा मार्ने डुङ्गा तथा अन्तर–टापु यातायातलाई बन्दरगाह नछोड्न निर्देशन दिइएको छ ।

सम्बन्धित खबर